आईएमई लाइफलाई आईक्यानको ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’

 

Advertisement 1

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत बीमा क्षेत्रमा उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले वि.सं. २०८३ असार १६ गते काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका छन्।

Advertisement 2

आर्थिक वर्ष २०८१÷८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनसम्बन्धी मापदण्ड तथा अन्य लेखा मानकहरूको प्रभावकारी पालना, साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

यस अवार्डले आईएमई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको कम्पनीले जनाएको छ।

Advertisement 3

अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पवन खड्काले यो सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको बताउँदै यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउने जिम्मेवारी थपेको उल्लेख गरेका छन्।

उनले यस सफलताका लागि मार्गदर्शन गर्ने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गर्ने बीमित ग्राहक, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहेका अभिकर्ता, समर्पित कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

यसै वर्ष कम्पनीले वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘ब्– (ब् ःष्लगक)’ क्रेडिट रेटिङ प्राप्त गर्ने जीवन बीमा कम्पनीका रूपमा पनि आफ्नो स्थान स्थापित गरेको जनाएको छ।

 

प्रकाशित :२०८३ असार १७, बुधबार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम