पालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजिदिन प्रमुख प्रशासकीय अधिकृतले लेखे सिडिओलाई पत्र

काठमाडौं। पालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजी गरिदिन प्रमुख प्रशासकीय अधिकृतले प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पत्र लेखेका छन्।

Advertisement 1

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले निर्णय पुस्तिका हराएको भन्दै खोजी कार्यमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग आग्रह गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत तिमल्सेनाले आज प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै हराएको निर्णय पुस्तिका खोजी कार्यमा आवश्यक सहयोग गरिदिन अनुरोध गरेका हुन्।

Advertisement 2

पत्रमा भनिएको छ, “आज मिति २०८३÷०३÷०९ गते यस नगरपालिकाको कार्यपालिका बैठकको क्रममा उपस्थितिमा दस्तखत गरिसकेपछि निर्णय पुस्तिका हराएकोमा ११ः४३ बजे वडा नं. २ का वडा अध्यक्ष श्री भिम बहादुर कार्की (सम्पर्क नं. ९८६६२२१९५९) ले लिएर उपप्रमुखज्यूको कार्यकक्षमा पु¥याएको सिसिटिभी फुटेजमा देखिएको र नगर उपप्रमुखको सचिवालयमा फोन सम्पर्क गर्दा निर्णय पुस्तिकाबारे जानकारी नभएको भन्ने मौखिक जानकारी प्राप्त भएकोले कार्यपालिकाको निर्णय पुस्तिका खोजी कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।”

प्रकाशित :२०८३ असार १०, बुधबार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry