परराष्ट्र सचिवमा कस्को पल्लाभारी ?
परराष्ट मन्त्रालयको सचिव को बन्लान ? सचिव शंकरदास वैरागीलाई मुख्यसचिवको रुपमा उकालिएसँगै परराष्ट मन्त्रालय सचिव बिहिन बन्न पुगेको छ । र अहिले परराष्ट्र सचिवको खोजी शुरु भएको छ । परराष्ट्रको सचिव बन्नका लागि तीन जना बरिष्ठ सह सचिवहरुबीच प्रतिस्पर्धा छ । वरियताका आधारमा सचिव बढुवा हुने लाईनमा सहसचिव भरतराज पौड्याल छन् । पौडेल अहिले निमित्त सचिव चलाइरहेका छन् । सचिव शंकरदास वैरागी मुख्यसचिव बनेसँगै उनको काँधमा निमित्त सचिवको जिम्मेवारी आइलागेको छ । यस अघि मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिरहेका उनी पाकिस्तानको राजदूतका रुपमा काम गरिसकेका कर्मचारी हुन् । यस्तै पौडेलजस्तै सचिव बन्ने प्रतिष्पर्धामा सेवा लम्साल र अमृत राई छन् ।लम्साल महिला भएको र राई प्रधानमन्त्रीसंग निकट रहेकाले पनि उनिहरुलाई समेत सरकारले जिम्मेवारी दिन सक्ने बताइएको छ । सहसचिव लम्साल हालै पाकिस्तानमा राजदूतको कार्यकाल सकेर स्वदेश फर्केकी छन् । उनलाई अहिले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ । यस्तै राई न्युयोर्कमा राष्ट्रसंघका लागि नेपाली राजदूतका रुपमा कार्यरत छन् ।
Advertisement 1
यी तीन मध्येबाट एक जना परराष्ट्र सचिव बन्नेछन् । सचिव बढूवाका लागि लोकसेवा आयोगको पदपूर्ति समितिले सिफारिस गर्नुपर्ने छ । लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र लोकसेवा आयोगका अध्यक्षले नियुक्त गर्ने एक जना विज्ञ रहने समितिले मन्त्रालयका तीन जना सिनियर सहसचिवको नाम सिफारिस गर्नेछ । यसरी बरिष्ठताका आधारमा सिफारिस हुने नाममा भरत पौडेल सेवा लम्साल र अमृतकुमार राई छन् ।