सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

ललितपुर। मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै राष्ट्रसेवक कर्मचारीले इमानदारीपूर्वक काम गर्नुर्नेमा जोड दिएका छन्।

Advertisement 1

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरूको ४०औँ आधारभूत प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उहाँले स्वार्थ केन्द्रित नभई राष्ट्रसेवामा आफूलाई समर्पित गर्न अनुरोध गरे।

पदको गरिमा कायम राख्दै नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै मुख्यसचिव अर्यालले “राज्यको नीति र लक्ष्यअनुसार काम गर्दा कर्मचारीले आफ्नो स्वार्थभन्दा माथि उठेर पारदर्शी, जिम्मेवार र सेवामुखी हुनुपर्छ,” भने।

प्रकाशित :२०८३ असार ९, मंगलवार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम