उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

गोरखा। उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ। गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए। नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ।

Advertisement 1

मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ। साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ। तल स्याँलासम्म हिउँ परेको छ। भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ।

टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताए। ‘सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ’ उनले भने, ‘हिउँ पर्न नरोकिँदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ।’ हिमपातकै कारण शनिबार साँझ त्यसक्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रर्दशक सूर्य खनालले जानकारी दिए।

प्रकाशित :२०८१ फाल्गुन ५, सोमबार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम