सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

संयुक्त राष्ट्र संघका उपमहासचिव जिन पिर्रे लाक्रोइक्सबीच शिष्टाचार भेटघाट भएको छ ।भेटघाटको क्रममा संयुक्त राष्ट्र संघ र सशस्त्र प्रहरी बल नेपाल बीचको सहकार्य र समन्वयलाई आगामी दिनहरूमा अझ बढी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

Advertisement 1

सशस्त्र प्रहरी बलको मुख्यालयमा बुधवार भएको भेटवार्ताका क्रममा उपमहासचिव जिन पिर्रेले शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । सो अवसरमा महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघको झण्डामुनी रहेर मानवअधिकार तथा मानवीय कानूनको पालना गर्दै शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल प्रतिवद्धताका साथ परिचालित रहेको बताए ।

चार दिने नेपाल भ्रमणमा रहेको उपमहासचिव लाक्रोइक्सले यसअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । भेटको क्रममा अन्डर सेक्रेटरी फर पेस अपरेसन्स जीन पिरी लाक्रोइक्स समक्ष मालिमा हालका दिनहरूमा विकसित घटनाक्रम तथा अवस्था र माली देशले नै त्यहाँ तैनाथ रहेको १५ हजार भन्दा बढि फौजलाई फर्काउन सक्ने बुझिएकोले अर्को महिना माली मिशन उडानको लागि तयारी हालतमा रहेको सशस्त्र प्रहरी बल नेपालको एफपीयु टोलीलाई छिटो भन्दा छिटो अन्यत्र तैनाथीको लागि पहिलो प्राथमिकतामा राख्न समेत अनुरोध गरिएको थियो।

प्रकाशित :२०८० असार १४, बिहीबार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry