‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म

काठमाडौं। देश तथा विदेशमा रहेका नेपाली नागaरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोडन सरकारले डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।
Advertisement 1
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त डिजिटल प्लेटर्फमको प्रारम्भिक (बेटा) संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार उक्त प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्नमा मात्र सीमित नभई देशको समसामयिक विषयसँगै सरकारका योजना, नीति र अभ्यासमा नागरिकको सहज पहुँच पु¥याउने माध्यम बन्नेछ ।
नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, दुईतर्फी छलफल र व्यवहारिक समाधानका उपाय पनि सिधै सरकारसमक्ष पेश गर्न सक्नेछ । नागरिक चौतारीमार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव उपलब्ध गराउन सक्छन् भने सरकारले आम जनताको प्रत्यक्ष सहयोग र अपनत्व बढाउने विश्वास गरिएको छ ।
Advertisement 2
“यस डिजिटल प्लेटफर्मबाट सरकारले देश विकासका लागि योगदान दिन चाहने प्रतिभा वान र मिहिनेत स्वयंसेवकको खोजी पनि गर्न सक्छ । देशभित्र वा बाहिर रहेका नेपाली नागरिकले यस प्लेटफर्ममार्फत देश विकासका लागि आफ्नो विज्ञता योगदान गर्न सक्नुहुनेछ”।
राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले नागरिक चौतारी जनताले खोजेको सुशासनको बलियो माध्यम बन्ने र यसले सरकारी नीति तथा अभ्यासलाई थप नागरिकमैत्री एवं नतिजामुखी बनाउने विश्वास व्यक्त गरे। सार्वजनिक सेवा प्रवाह र सहभागितामूलक विकासको लागि उक्त माध्यम पारदर्शी हुने बताइएको छ।
Advertisement 3
हरेक नागरिकले सरल र सहजै रूपमा प्रयोग गर्न सक्ने गरी तयार भइरहेको नागरिक चौतारी डिजिटल प्लेटफर्मका साथै देशभरका नागरिकसँग प्रत्यक्ष ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि जोडिने तयारी रहेको बताइएको छ।








