क्याविनेट बैंठक सुरु,को बन्लान संगठनका प्रहरी महानिरीक्षक ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मन्त्रिपरिषद्को बैठक बोलाएको छ । आज डाकिएको क्याविनेट बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको आईजीपी नियुक्ती गर्ने जनाइएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीका साथै सशस्त्र तर्फका आईजीपी पुष्पराम केसी पनि आजदेखि उमेर हदका कारण घर फर्कदैछन् । प्रहरीका दुबै महानिरीक्षकसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीले आज एकैपटक अवकाश पाउने भएका हुन्।
Advertisement 1
प्रहरी प्रमुखको निम्ति चार जना अतिरिक्त प्रहरी महानिरीक्षक अर्थात एआईजीहरु प्रतिस्पर्धामा छन् भने सशस्त्रमा एक मात्र राजु अर्याल एआईजी छन् । उनी गत साता मात्र एआईजी नियुक्त भएका हुन् ।यस्तै नेपाल प्रहरीतर्फ भने बर्तमान एआईजीहरू विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा छन्। स्रोतका अनुसार, सरकारले धीरज प्रताप सिंहलाई आइजीपीको फुली लगाउने तयारी गरिरहेको छ ।