दुगर्ममा दरबन्दी,सुगममा काज

‘कुमार’प्रवृत्तिका कर्मचारी प्रदेशदेखि स्थानीय तहसम्म खेदिनुपर्ने अनि ‘गणेश’ प्रवृत्तिका कर्मचारीलाई चाहिँ प्रधानमन्त्री,मन्त्रीको परिक्रमा लगाएर जागिर खान पाइने, धन पनि प्रशष्त कमाइने भए पछि निजी सचिव बन्नका लागि माथापच्ची चल्ने नै भयो ।

Advertisement 1

एउटै कर्मचारी मन्त्री फेरिएपिच्छे सचिवालयमा बस्ने अवसर कसरी पाउँछ ? जस्तो :- बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको नीजि सचिव तथा कर्मचारी प्रशासन महाशाखाको हर्ताकर्ता गरी दोहोरो जिम्मेवारीमा थिए, उपसचिव शोभाखर रेग्मी ।त्यतिखेरको कर्मचारी खटन पटनमा सबैभन्दा धेरै बदमासी गर्ने र अतिरिक्त लाभ लिने उनै थिए । बदमासी कतिसम्म गरे भने गृहका इमान्दार सहसचिवलाई बरण्डामा राखेर उनी रामेछापको सिडिओ खान गए । ६ महिना पछि नै त्यहाँबाट अछामका सहायक सिडिओको रुपमा सरुवामा परे । बढूवा खानका लागि दुगर्ममा दरबन्दी राखेर उनी अहिले काजमा उपप्रधान तथा रक्षामन्त्री काँग्रेस पूर्णबहादुर खड्काको नीजि सचिवको रुपमा भित्रिएका छन् । यसरी दुगर्ममा दरबन्दी राखेर सुगममा बस्ने र जागिर खाने उपसचिव शोभाखर एक्ला होइनन्,गंगाबहादुर क्षेत्रीले उसैगरी लाइन मिलाएका छन् । गृह स्रोतका अनुसार उनको दरबन्दी जाजरकोटमा भए पनि अहिले कास्कीको सहायक सिडियोको रुपमा काजमा त्यता खटिएका छन् । विकृती कस्तो छ भने एउटै जिल्लामा तीन जना सहायक सिडिओ पुगेका छन्,कास्कीमा । उनी दुई महिनादेखि त्यतै हल्लिरहेका छन् । केही समयपछि अनिल जोशी घर फर्किएपछि उक्त ठाउँ ओगट्ने दाउमा छन् । गृहकै उपसचिव लीला केसीको दरबन्दी पाँचथरमा छ तर उनी काठमाडौंको विपत प्राधिकरणमा कार्यरत छिन्,काजमा ।

यसरी दरबन्दी एकातिर र कामकाज अर्कैतिर गर्ने कर्मचारीहरुको संख्या बढ्दै गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२०८० जेष्ठ १०, बुधबार ०९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry