सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज १ तोला सुनको मोल रु ३ लाख ११ हजार १०० कायम भएको छ। १ तोला चाँदीको मूल्य रु ५ हजार २८५ निर्धारण भएको छ।
हिजो बुधबार १ तोला सुन रु ३ लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ३७० मा खरिदबिक्री भएको छ।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ जेष्ठ २१, बिहीबार ११:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








