सुर्तिजन्य पदार्थ र धुम्रपानको असर र नियन्त्रणका उपाय
सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन ,२०६८ को परिच्छेद १ दफा २ अनुसार सुर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सुर्ति सेवनका निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट ,बिँडी ,सिगार,सुल्फा, कक्कड, कच्चा सुर्ति वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थ सम्झनुपर्छ ।
धुम्रपान भन्नाले धुम्रपान वा सुर्ति सेवनका निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट ,बिँडी ,सिगार,सुल्फा, कक्कड, कच्चा सुर्ति वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने कार्य सम्झनुपर्दछ ।
सुर्तिजन्य पदार्थको सर्वप्रथम अविष्कार अमेरिकाका जनताले गरेका हुन । यसको प्रयोगले लत बस्ने गरेकाले एक पटक प्रयोग गरेपछि छोड्न सक्दैनन्। विश्व स्वास्थ्य संगठनमा अनुसार विश्वभर डेढ अर्ब भन्दा बढीले यसको सेवन गर्दछन ।यसले वर्षेनी ८० लाख भन्दा बढीको ज्यान गइरहेको छ भने सुर्तिजन्य पदार्थको उत्पादन गर्ने किसानमा टोबाको सिकनेस लगायतको स्वास्थ्य समस्या देखाएको छ । नेपाल अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षण अनुसार ४८ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थ सेवन गरेको पाइएको छ । दक्षिण एसियाली मूलुकमा यसको प्रयोगका हिसाबले नेपाल दोस्रो स्थानमा पर्दछ ।सुर्तिजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष २७ हजार नेपालीले मृत्युवरण गर्नुपरेको छ ।सुर्तिजन्य पदार्थ सेवन गर्ने ७ पुरुषमा १ को मृत्यु यहिँ कारणले हुन्छ । यसको सेवनले सिर्जित मुटु रोगकका कारण १४ हजार नेपालीले मृत्यु वरण गर्नुपरेको छ । यसको प्रयोग गर्ने ८० प्रतिशत जनता अल्पविकसित अविकसित मूलुकका छन ।
Advertisement 1
असर गर्ने थाहा भएर पनि महिला ,पुरुष,धनि ,गरीब ,बालबालिका , चिकित्सक नर्सले यसको प्रयोग निर्वाध रुपमा गरेका छन । यसको प्रयोग लुकेर वा देखाएर गरेका छन । साथी भाइको लहैलहै करकाप वा तनाव हटाउने निहुँमा यसको सुरुवात गरी लत बसेको पाइन्छ ।
।
हालसम्म सुर्तिजन्य पदार्थमा ४ हजार भन्दा बढी रासायन सुर्तिजन्य पदार्थमा पाइएको छ भने २५० भन्दा बढी रासायनख हानिकारक छन जसमा ५० भन्दा बढीले क्यान्सर बनाउछन । संसारमा नसर्ने रोगको प्रकोप बढ्दै जाँदा सुर्तिजन्य पदार्थको पनि महत्वपूर्ण भूमिका रहेको छ ।यसको प्रयोगले रक्तनली विगार्ने , रक्तचाप बढाउने ,मुटु सम्बन्धि दीर्घरोग लाग्ने ,ह्रृदयघात हुने,मस्तिष्कमा असर गर्ने ,फोक्सो विगार्ने ,दम हुने , शरिरका विभिन्न भागमा क्यान्सर हुने गर्दछ । गर्भवती महिलाले सुर्तिजन्य पदार्थको सेवन गर्दा गर्भ खेर जाने, मरेको बच्चा जन्मिने,समय नपुगि जन्मिने,शिशुको शारिरीक र मानसिक असर गर्ने हुन्छ ।
कोभिड १९ र सुर्तिजन्य पदार्थ सेवन तथा धुम्रपान
कोभिड १९ भाइरसले ८५ प्रतिशतमा समान्य लक्षण , २४ प्रतिशतमा जटिल र १ प्रतिशतमा निकै जटिल बनाएर मृत्युको मुखमा पुर्याउने कुरा पुष्टि भएको छ । प्रतिरक्षा क्षमता कमजोर भएकालाई निकै सताउँछ । मुटुरोग , दम, क्यान्सर , मधुमेह , फोक्सो कमजोर भएकालाई समस्या निम्त्याउने र लामो समय धुम्रपान एवं सुर्तिको सेवनले मुटुरोग , दम, क्यान्सर हुने भएकाले कोभिडको प्रत्यक्ष एवं अप्रत्यक्ष्य संक्रमणमा सुर्तिजन्य पदार्थ सेवन तथा धुम्रपान
हात रहेको र कोभिडबाट यसबाट जोगिन समेत सुर्तिजन्य पदार्थ सेवन तथा धुम्रपान त्याग्नुपर्ने विज्ञले सुझाव दिएका छन् । धुम्रपान र सुर्तिजन्य पदार्थ रहित समाजको निर्माण गर्न विश्व स्वास्थ्य संगठनले सन् १९८८ मे ३१ देखि धुम्रपान र सुर्तिसेवन विरुद्धको वर्षको रुपमा मनाउन थालेको छ । सन् २०२१ मे ३१ म छोड्नका लागि प्रतिवद्धता नाराका साथ यो दिवस मनाइयो । नेपाल सरकारले पनि यस कार्यलाई प्राथमीकता दिएर मनायो । ऐनलाई कार्यान्वायन गर्न सुर्तिजन्य पदार्थ नियन्त्रण निर्देशिका २०७१ जारी भएको छ ।यसको प्रयोगमा कमी ल्याउन नेपाल सरकारले ३० प्रतिशत कर लिदैँ आएको छ । सुर्तिजन्य पदार्थ नियन्त्रण निर्देशिका २०७१ अनुसार रकमको ७५ प्रतिशतरकम विपी कोइराला क्यान्सर अस्पताल । २५ प्रतिशत रकम क्षयरोग तथा अन्य रोग नियन्त्रणमा प्रयोग गर्ने उल्लेख छ । करबाट मात्र नेपाल सरकारले वर्षेनी ५ अरब भन्दा बढी आम्दानी गरेकोमा १ करोडपनि जनचेतनामूलक कार्यमा खर्च नगरेको भनि सर्वत्र आलोचना भइरहन्छ ।
धुम्रपान र सुर्तिजन्य सेवन मानव स्वास्थ्यकालागि अत्यन्त हानिकारक भएको र धुम्रपान र सुर्ति सेवनले मानव जीवनको आर्थिक , सामाजिक र सांस्कृतिक कृयाकलापमा समेत नकारात्मक असर पर्ने गर्दछ ।सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हित अभिवृद्धि गर्न आयात, उत्पादन र विक्रि,वितरणमा न्युनिकरण गर्न नियन्त्रण र नियमन गर्नु राज्यको दायित्व हो । यहिँ कुरालाई मध्यनजरगरी सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन ,२०६८ जारी गरेर नियमन र नियन्त्रण गरिरहेको छ ।
Advertisement 2
कानुनी प्रावधान :-
⦁ सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिसेवन गर्न पाइदैँन ।
⦁ ब्यवस्थापकले आफुसँग सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धुम्रपान र सूर्ति सेवन गर्न नपाउने ब्यहोराको सुचना सबैले देख्न र पढ्न सक्ने गरी टाँस गर्नुपर्दछ ।
⦁ कसैलेपनि अन्य ब्यक्तिलाई असर पर्ने गरी घर तथा निजि एवं सवारी साधन भित्र धुम्रपान गर्नुहुदैँन ।
⦁ सुर्तिजन्य पदार्थको प्याकेट नाबालकलाई आकषण गर्ने कुनै लोगो,चिन्ह,शब्द र चित्र राख्न पाइदैँन ।
⦁ उत्पादकले सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्नु अघि त्यस्तो पदार्थमा भएको निकोटिनको मात्रा हानिकारक तत्व लगायत अन्य कुराको विवरण मन्त्रालय समक्ष पेश गर्नुपर्दछ ।
⦁ उत्पादकले सुर्तिजन्य पदार्थको बट्टा ,प्याकेट र लेबलको बाहिरी कुल भागको ९० प्रतिशत भागमा सुर्तिजन्य पदार्थ हानिकारक छ भन्ने ब्यहोराको मन्त्रालयले तोकेबमोजिमको चेतावनी सन्देश र सुर्तिजन्य पदार्थको सेवनबाट भएको घातक ,रङ्गिन चित्र प्रष्ट बुझ्ने र देख्ने गरी नेपाली भाषमा उल्लेख गर्नुपर्नेछ ।
⦁ सुर्तिजन्य पदार्थको कसैले विज्ञापन गर्न पाइने छैन ।
⦁ कसैले पनि १८ वर्ष नपुगेका ब्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न वा नि शुल्क उपलब्ध गराउन पाइने छैन ।
⦁ शिक्षण वा स्वास्थ्य संस्था ,बालकल्याण गृह ,शिशु स्याहार केन्द्र, वृद्धाश्रम ,अनाथालय र नेपाल सरकारले राजपत्रमा सुचना प्रकाशित गरी तोकिएको सार्वजनिक स्थलबाट कम्तिमा एकसय मिटर भित्रको घर, पसलबाट सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न पाइने छैन ।
⦁ कसैले पनि सुर्तिजन्यपदार्थ नि शुल्क उपहार स्वरुप दिन पाइदैन ।
कानुनी ब्यबस्था तथा जनचेतनामूलक कार्यक्रम जति गरेपनि जबसम्म मन देखि छोड्ने मानसिकता तयार तयार हुँदैन तब सम्म छोड्न तयार हुदेैनन।अरुको दवावबाट नभै भित्रि मनदेखि सुर्तिजन्य पदार्थ त्याग्ने मानसिक तयार हुनुपर्छ । एकै पटक छोड्न नसकिने यदि छोडेपछि पनि शारिरिक र मानसिक समस्या उत्पन्न हुने भएकाले विस्तारै छोड्दै जानुपर्छ । धुम्रपान सेवन गर्ने साथीको सगतबाट टाढा रहनुपर्दछ । यसमा भएको खर्चको हिसाब गरेर सो रकम उत्पाादन मूलक कार्यमा लगाउनुपर्दछ । कानुनी प्रावधानको कडाइकासाथ कार्यान्वायन गर्नुपर्दछ । धुम्रपान गर्ने सँग बस्ने धुम्रपान नगर्नेलाई पनि असर गर्ने भएकाले यस विषयमा चनाखो हुनु जरुरी छ ।
Advertisement 3
Email : [email protected]