नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सुमेरुका डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र लिएको अभियोगमा एक पछाडि डाक्टरहरु प्रहरीको फन्दामा पर्ने क्रम जारी छ । सिआइबीेले हिजोमात्र सात बर्ष अगाडि देखि उठान हुँदै आएको यो प्रकरणमा बहालवाला सांसद सुनिल शर्मालाई पक्राय गरेको थियो ।

Advertisement 1

यस लगतै सीआईबीको टोलीले डा एलिना साह, डा श्रद्धा शिल्पकार, डा रामबाबु यादव, डा अमित चौधरी, डा रञ्जित यादव र डा मनित चौधरीलाई पनि पक्राउ गरेको थियो । यही अभियोगमा आजै सुमेरु सिटी अस्पतालमा कार्यरत डा पुनम थापा चौधरीलाई पक्राउ गरेको गरेको छ ।

सिआइबीले पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जनाएको छ । डा पुनम पक्राउ परेसँगै सिआइबीले आठ जना डाक्टरहरुलाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :२०८० श्रावण २६, शुक्रबार १५:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry