अपाङ्गता भएकालाई सहायक सामग्री प्रदान

खोटाङ। ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका २१ जनालाई सहज जीवनयापनका लागि विविध सहायक सामग्री वितरण गरिएको छ।

Advertisement 1

अपाङ्गता भएका चार जनालाई ‘ह्विलचियर’, र दश जनालाई ‘ट्वाइलेट चियर’, दुई जनालाई ‘एलकेन’ लौरो, एक जनालाई ‘हेयरिङ एड’, अन्य एक जनालाई ‘मोडिफाइ सुज’ र दुई जनालाई कृत्रिम हात वितरण गरिएको हो।

गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत विनियोजन भएको रु ३ लाख बजेटमार्फत विभिन्न प्रकारका सहायक सामग्री खरिद गरेर वितरण गरिएको कार्यक्रम संयोजक भक्तबहादुर राईले राससलाई जानकारी द्््एि।

Advertisement 2

ऐसेलुखर्क गाउँपालिकामा गाउँपालिका, कोशी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको हो।

ऐसेलुखर्क बजारस्थित गाउँपालिकाको कार्यालयमा बिहीबार आयोजित १ कार्यक्रममा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले सामग्री वितरण गर्नुभएको हो। उक्त कार्यालयका अनुसार यो पालिकामा २७७ जना अपाङ्गता भएका व्यक्ति छन्।

प्रकाशित :२०८३ जेष्ठ १, शुक्रबार १३:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry