पाण्डेले पाए त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

सय किलो सुन बरामद भएको सातापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक परिवर्तन गरिएको छ । अर्थ मन्त्रालयले भन्सारको प्रमुख प्रशासकमा सहसचिव टोकराज पाण्डेलाई पठाएको हो ।

Advertisement 1

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी बिदामा रहेका थिए ।  उनी २ महिनादेखि छुट्टीमा छन् ।पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

प्रकाशित :२०८० श्रावण ९, मंगलवार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry