सञ्चारकर्मीसँग छलफल गर्दै संविधान संशोधन कार्यदल

काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज सञ्चारकर्मीहरुसँग छलफल गर्दैछ।

Advertisement 1

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहाकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न सञ्चारमाध्यममा आबद्ध वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो ४ः०० बजे परामर्श र छलफल गर्न लागेको हो।

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरुबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कल्न गरिने जानकारी दिए।

प्रकाशित :२०८३ बैशाख २८, सोमबार १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry