सांसदको गाडीले हिर्काएर मान्छे मार्यो

प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोराले चलाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । साँझ करिब ७ः२५ बजे तिर सांसद कार्कीका छोरा रोविनले चलाएको प्रदेश ३-०१०२२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा विराटनगर-४ को न्यू एभरेस्ट फर्निचरमा काम गर्ने भारत कटिहार घर भएका ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो। शर्माको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो।
Advertisement 1
सोही स्थानमा काम गर्ने मोरङको कटहरीका २७ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन्। उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटना लगत्तै कार चालक फरार छन्। प्रहरीले भने चालकको पहिचान हुन नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जनाएको छ। दुवै जना विराटनगर-४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगमा काम गर्ने मजदुर हुन् । प्रत्यक्षदर्शीका अनुसार बिहीबार साँझ करिब साढे ७ बजे सांसद कार्कीका छोराले कुदाएको कारले उद्योगबाट काम गरेर फर्कदै गरेका दुई जना पैदयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक कार्की क्षतिग्रस्त कारलाई सडकमै छाडेर फरार भएका छन् ।
Advertisement 2
पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका सांसदका छोरालाई प्रहरीले अझै नियन्त्रणमा लिएको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘दुर्घटनाको सूचना आएको छ, तर अहिले नै किटान गरेर भन्न सकिदैँन, हामी अनुसन्धान गर्दैछौँ ।’