सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिने

सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ ।

Advertisement 1

शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वल्र्डलिन्कसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिए । वल्र्डलिन्कका कर्पोरेट निर्देशक लक्ष्मण यादवका अनुसार वर्षौँदेखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले विद्यालय शिक्षालाई डिजिटलाइजेसन गर्न सफ्टवेयरको विकास गरेको हो ।

विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्दै सो एपमा इन–पुस्तक, स्मार्ट कक्षा, अनलाइन तथा हाइब्रिड कक्षा र परीक्षा, ट्युसन, असाइनमेन्ट आदि राखिनका साथै हाल ट्युसनमा १० हजार शिक्षकलाई आंशिक रोजगारी दिइने लक्ष्यका साथ शैक्षिक भविष्य बदल्ने योेजना राखेको प्लेटफर्म प्रालिका कार्यकारी अध्यक्ष तथा सिइओ आर्यन सत्यालले जानकारी दिए ।

Advertisement 2

सफ्टवेयर अनलाइन परीक्षाका लागि समेत उपयोगी बनाइएको छ। परीक्षा लिँदा ‘वर्कफिल्ड’मा ‘कपी-पेस्ट’ हुन नसक्ने बनाइएको छ। सफ्टवेयरले शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई सहयोग गर्ने पब्लिकेसनको विश्वास छ।

सफ्टवेयरमा १० हजारभन्दा बढी शिक्षक आबद्ध हुनेछन्। अभिभावकले राम्रो लागेको शिक्षक छानेर ट्युसन पढाउन सक्नेसमेत व्यवस्था गरिएको छ। विद्यार्थीले डिजिटल किताब तथा भिडियो सामग्रीबाट पढ्न सक्नेछन्।

Advertisement 3

सफ्टवेयर/एपलाई वर्ल्डलिंकले होस्टिङ गरेको छ। वर्ल्डलिंकका प्रोडक्ट म्यानेजर प्रमेश न्यौपानेले विदेशमा पहिल्यै सुरु भएको डिजिटल शिक्षाको अभ्यास नेपालमा पनि हुनु सह्रानीय भएको उल्लेख गरे।’वर्ल्डलिंकले विद्यालयलाई डिजिटलाइज बनाउन इन्टरप्राइजेज इन्टरनेट प्याकेज ल्याएको छ,’ न्यौपानेले भने, ‘विद्यालयभित्र इन्टरनेट चलाउँदा कुन एप चलाउने वा नचलाउने भन्ने कन्ट्रोल गर्न सकिन्छ।’

प्रकाशित :२०७९ जेष्ठ ९, सोमबार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम