नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौं। छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ।
Advertisement 1
चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो। यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपाल समूह ‘बी’ मा अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो।
नेपालले पहिलो हाफमा १९–१७ ले अग्रता बनाएको थियो। दोस्रो हाफमा सोही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो।
Advertisement 2
नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८–३२ को जित दर्ता गरेको थियो।
समूह चरणको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेको थियो। नेपालले थाइल्यान्डलाई ४९–३३ ले पराजित गरेको हो। नेपालले अब सेमिफाइनलमा श्रीलङ्कासँग खेल्नेछ।
प्रकाशित :२०८३ बैशाख १३, आईतवार १०:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

















