आज पनि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज पनि हावाहुरी, मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।

Advertisement 1

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित :२०८० चैत्र ३०, शुक्रबार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry