किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान

बागलुङ। बडिगाड गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ।
Advertisement 1
यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिककृषिमा उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो। मकै प्रवद्र्धन कार्यक्रमअन्तर्गत १९ वटा यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले राससलाई जानकारी दिए। गाउँपालिकाका आठ वडामा मकै प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहेको छ।
खनजोत गर्न गोरु र जनशक्ति अभाव भएकाले किसानलाई यान्त्रिक हलो प्रदान गरिएको हो। कम जनशक्तिबाट पनि खनजोत गर्न यान्त्रिक हलो उपयोगी भएकाले यसतर्फ किसानको आकर्षण बढेको उपाध्यक्ष वनले बताए।
Advertisement 2
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ६ लाख र किसानको ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो। १ हल गोरुले १ दिनभरिमा जोत्न बारीमा यान्त्रिक हलोले २ घण्टामा जोत्न सकिने हुँदा उत्पादन वृद्धि गर्न मद्दत पुग्ने उनले बताए।


















