सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार २५० कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––
प्रकाशित :२०८३ बैशाख ३, बिहीबार ११:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


















