तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित र कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य सहित २ जना र आर.के. कन्स्ट्रक्सन विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
Advertisement 1
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दादायर गरेको हो।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत आचार्य, आर.के. कन्स्ट्रक्सन सुर्खेत र उक्त कम्पनीका सञ्चालक सुवास कार्कीलाई मुख्य प्रतिवादी बनाएको छ। उनीहरुविरुद्ध २२ लाख ४४ हजार ५ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ।
Advertisement 2


Advertisement 3
प्रकाशित :२०८२ चैत्र ३०, सोमबार १५:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

















