नेपाली क्लाइम्बिङ टोली चीन जाने

काठमाडौं। जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ।

Advertisement 1

प्रतियोगितामा पुरुषतर्फमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ स्वस्तिका चौधरीले सहभागिता जनाउने छन्। एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा यही २५ देखि २९ गतेसम्म हुँदैछ। नेपालले बाउल्डर र लिड स्पर्धामा भाग लिने छ।

एसियाली खेलकुदमा स्थान बनाउन शीर्ष १६ स्थानमा पर्नुपर्ने नेपाल क्लाम्बिङ स्पोर्टस् एशोसिएशनका महासचिव सन्तोष मादेनले बताए। विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुँदैछ। सो प्रतियोगितामा बाउल्डर विधा मात्र समावेश छ। दुवै प्रतियोगिताको बीचको अवधिमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उनले बताए।

Advertisement 2

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित :२०८२ चैत्र २०, शुक्रबार १६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry