ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

तनहुँ। आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी ४ किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ।

Advertisement 1

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार २ चरणमा दुवै सडक कालोपत्र गरिनेछ। पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ।

यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा सङ्घीय सरकारबाट विनियोजित रु ६ करोडबाट हिलेखर्क–बरादी सडक चालु आवभित्र पूर्ण रूपमा स्तरोन्नति गरिने जनाइएको छ।
–––

प्रकाशित :२०८२ चैत्र २०, शुक्रबार ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry