एमालेले पनि चार न्यायधीशलाई त्यसै नछाड्ने
अकस्मात सत्ताधारीहरुले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेसँगै एमालेले पनि काउण्टर हमला गर्ने भएको छ ।
Advertisement 1
प्रधानन्यायधीश राणाविरुद्ध काँग्रेस,माओवादी र एकीकृत समाजवादीका ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेसँगै एमालेले काउण्टर हमला गर्ने भएको हो । हठात प्रधानन्यायधीशमाथि महाअभियोग लगाइएसँगै प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुध्द महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ । त्यसका लागि एमालेले भोलि संसदीय दलको बैठक बोलाएको छ ।
गत असारमा सर्वाेच्चको संवैद्यानिक इजलाशले केपी ओलीले गरेको संसद विघटन बदरको फैसला सुना चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की,मीराकुमारी खड्का, डा आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुध्द संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले लागेको स्रोतले बतायो । उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर शुरु गरिएको बुझिएको छ । जस्का लागि एमालेले सबै सांसदलाई काठमाडौं बोलाइसकेको छ ।