पहिरोले २ बस बगाउँदा त्रिशूलीमा ६५ जना बेपत्ता

पहिरोले बस त्रिशुलीमा बगाएपछि खोजीको तयारी चितवन, २८ असारः नारायणगढ मुग्लिन सडक खण्डको सिमतल तालमा शुक्रबार बिहान गएको पहिरोले बस त्रिशुलीमा बगाएपछि खोजीको तयारी गर्दै सुरक्षा निकायका अधिकारीहरु । तस्बिरः नारायण अधिकारी÷रासस

चितवन। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा बसहित ६५ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएका छन्।

Advertisement 1

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन्।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए।

प्रकाशित :२०८१ असार २८, शुक्रबार १०:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry