बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो

बागलुङ। विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकले जोडिएपछि त्यहाँका बासिन्दा दङ्ग परेका छन्।

Advertisement 1

आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन्। सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ।

‘ट्रयाक’ खुलेको २८ वर्षपछि बागलुङ–सिगाना १० किलोमिटर सडक रु २९ करोडको लागतमा कालोपत्र गरिएको सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले राससलाई जानकारी दिए। ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत यो सडक स्तरोन्नतिसँगै कालोपत्र गरिएको हो।

प्रकाशित :२०८२ चैत्र १२, बिहीबार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry