नाबालिका बलात्कारको आरोपमा २ जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी २ जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बलात्कारको सूचनाका आधारमा २ जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको बताए। “अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ”, प्रहरी निरीक्षक थापाले भने, “जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो।”

प्रकाशित :२०८२ फाल्गुन २८, बिहीबार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry