विप्लवको सुरक्षामा गृहले पठायो इन्स्पेक्टरसहित १० जना प्रहरी
दुईवर्ष भूमिगत बसेपछि सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटघाटमा व्यस्त छन् ।
Advertisement 1
सरकारसँग भएको तीनबुँदै सहमतिसँगै विप्लव शुक्रबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक कार्यक्रममा सार्वजनिक भएका थिए । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धअघि नै सार्वजनिक कार्यक्रममा देखिन छाडेका विप्लव त्यसपछि भूमिगत भएका थिए । सरकारसँग वार्तामार्फत तीनबुँदे सहमतिपछि सार्वजनिक भएका विप्लव जेलमा रहेका सहकर्मी भेट्नेदेखि अन्य राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
उनले पछिल्लो दुईदिनमा नख्खु कारागारमा रहेका आफ्नै पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’लाई भेटेका थिए । गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक९इन्स्पेक्टर०सहित १० जना प्रहरीको टोली खटाएको छ।
Advertisement 2
विप्लव राजनीतिको मुलधारमा आएसँगै उनलाई मन्त्रालयको निर्देशन अनुसार सुरक्षा दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन्। प्रजिअ पराजुलीका अनुसार विप्लव भर्खरै शान्ति प्रक्रियाबाट मूलधारमा आएकाले त्यसैले सुरक्षा दिएको हो । विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा टोली खटिएको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए ।