सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ। सोमबारको तुलनामा सुन तोलामा रु ३ हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख १७ हजार कायम भएको छ भने १ तोला चाँदीको मूल्य रु ५ हजार ७२० निर्धारण भएको छ। हिजो सोमबार १ तोला सुन रु ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ४१० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार १४१ र त्यति नै परिमाणको सेतो धातु ८७ ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ फाल्गुन २६, मंगलवार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry