पुर्व अर्थमन्त्री महत भन्छन : यो सरकारले शिक्षक/कर्मचारीको तलब र वृद्ध भत्ता बढाउनु हुँदैन

नेपाली कांग्रेसका नेता एबंम पुर्व अर्थमन्त्री डा.रामशरण महतले अहिलेको अवस्थामा शिक्षक कर्मचारीको तलव र बृद्धभत्ता बढाउन नहुने बताएका छन् । अहिलेको परिस्थितिमा सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलब बढाउने चर्चा भएपनि राज्यको ढुकुटीले धान्न मुस्किल पर्ने उनको भनाइ छ । तलब पनि बढाउने, वृद्धा भत्ता पनि बढाउने योजना अहिले निहित राजनीति स्वार्थबाट प्रभावित भएको उनको भनाइ छ ।

Advertisement 1

सरकारले बजेट निमार्ण कार्य सम्पन गरिसकेको अवस्थामा महतले यस्तो बताएका हुन् । सरकारले बृदभत्ता ५ हजार बनाउने तयारी गरेको छ भने शिक्षक,बिद्यालय कर्मचारी र सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै भन्छन् अहिले बजेट प्रस्तुत गर्ने अवस्थै छैन । पूर्ण बजेट बनाउँदा पो प्राथमिकतामा धेरै कुरा पर्छन् । यदि पूर्ण बजेट भएको भए स्वास्थ्य क्षेत्र, कोरोना संक्रमणबाट मानवीय र भौतिक क्षति न्यूनिकरण, बेरोजगारी समस्या समाधानका लागि केन्द्रित हुनुपर्ने थियो । अहिले पनि आम्दानीका स्रोत नभएका असहाय, अपाङ्गहरू छन् । यस्तालाई आर्थिक सहयोग नै गर्नुपर्ने अवस्था पनि रहन्छ । राहतको व्यवस्था गर्नुपर्छ । कृषिमा व्यवसायीकरण गर्दै आधुनिकीकरण गर्नुपर्ने हुन्छ । प्राविधिक र सीपमूलक तालीमको व्यवस्था गर्ने र नेपालमा बजार मागको आवश्यक्ता अनुसार रोजगारी सिर्जना गर्ने हुनुपर्छ ।

तर, अहिले अनुत्पादक क्षेत्रमा नेपालले धेरै पैसा खर्च गरिरहेको छ । जस्तो प्रशासनिक क्षेत्रमा धेरैभन्दा धेरै खर्च भएको छ । तर, उत्पादनमूलक क्षेत्रमा धेरै रकम विनियोजन भएको छैन र भएको विनियोजित रकम पनि खर्च भएको छैन । जति खर्च भएको छ त्यो पनि दक्षतापूर्ण तरिकाले भएको छैन । वर्तमान सरकारको प्रवृत्ति के छ भने कृत्रिम ढंगले ठूला(ठूला लक्ष्य राख्ने, कार्यान्वयन गर्ने क्षमता चाहिँ राख्दै नराख्ने । पूँजीगत क्षेत्रमा दक्षतापूर्वक खर्च नगर्ने, साथ(साथै प्रशासनिक खर्च र अनुत्पादक क्षेत्रमा चालु खर्चलाई जसरी पनि वृद्धि गर्ने प्रवृति देखिन्छ ।

Advertisement 2

अनुत्पादक क्षेत्र र प्रशासनिक क्षेत्रमा सेवा(सुविधामा खर्च बढाउने प्रवृति देखिन्छ । विभिन्न क्षेत्रमा नियुक्ति पनि व्यवसायिक आधारमा भन्दा पनि राजनीतिक संलग्नताका आधारमा भएको देखिन्छ । प्रशासनिक खर्च अत्यन्त बढाइएको छ । यी सबै कुरालाई घटाएर उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने गर्नुपर्छ । साथै व्यवस्थापनको क्षमता वृद्धि गर्नु पर्ने हुन्छ ।

प्रकाशित :२०७८ जेष्ठ १४, शुक्रबार २०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry