डाइनेस्टि एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं। डाइनेस्टि एयरको हेलिकप्टर दुर्घटनाको छानबनि गर्न सरकारले समिति गठन गरेको छ। दुर्घटनापछि बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।

Advertisement 1

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकजकत्वमा गठित समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन्। उक्त समितिलाई छानबनिका लागि १ महिनाको समय दिइएको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

यसअघि बुधबार दिउँसो रसुवाका लागि उडेको डाइनेस्टि एयरको हेलिकप्टर शिवपुरी जंगलमा दुर्घटनामा परेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलायन्सको विमान दुर्घटनामा परेको तीन साता नपुग्दै अर्को हवाई दुर्घटना भएको छ।

प्रकाशित :२०८१ श्रावण २३, बुधबार १८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry