सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु २ हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २८ हजार ६०० कायम भएको छ भने १ तोला चाँदीको मूल्य रु ५ हजार ८१५ निर्धारण भएको छ। सोमबार १ तोला सुन रु ३ लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु ६ हजार २० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ फाल्गुन १९, मंगलवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry