२२ करोड ४५ लाख राजस्व सङ्कलन

बागमती। हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम ७ महिनामा रु २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ।
Advertisement 1
अघिल्लो आवको सोही अवधिमारु २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए।
चालु आवको ७ महिनामा सम्पत्ति करबाट रु ५ करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट रु ३ करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट रु १ करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु २ करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट रु १ करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट रु १ करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट रु १ करोड ७१ लाख २ हजार ६१६, अन्य बिक्रीबाट प्राप्त रु ३ करोड दुई लाख २३ हजार असुली भएको हो।
प्रकाशित :२०८२ फाल्गुन ६, बुधबार १२:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













