सशस्त्र प्रहरी झापाद्वारा एकै दिन ४२ लाखको राजस्वमा योगदान
सशस्त्र प्रहरी बल झापाले एकै दिन ४२ लाख २५ हजार बराबरको राजस्व दाखिला गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले काँकडभिट्टामा एउटा कारसहित ३३ वटा मोबाइल बरामद गरिएको हो ।
Advertisement 1
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोली मेचीनगर नगरपालिका-६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा कारभित्र लुकाइछिपाई नेपाल भित्राउन खोजिएको ३३ वटा आइफोन ब्रान्डका मोबाइल बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च ९०३३ नम्बरको कारलाई भन्सार अगाडि रोकी सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए । चेकजाँच गर्दा मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका गणपति देवराज अर्यालले बताए । उनका अनुसार मोबाइल ल्याउनेको नाम भने खुलेको छैन ।
Advertisement 2
बरामद गरिएको मोबाइल १७ लाख २५ हजार र कार २५ लाख गरी जम्मा ४२ लाख २५ हजार मूल्याङ्कन गरी दुवै सामान मेची भन्सार कार्यालय बुझाइसकेको छ । पछिल्लो समयमा झापा जिल्लाका सीमा नाकाहरू सशस्त्रले उच्च सतर्कतासँगै निगरानी बढाएसँगै चोरी तस्करी नियन्त्रणमा आएको छ । सोही कारण एसपी अर्याललाई ‘आईजी एपीएफको प्रशंसा अवार्ड’बाट सम्मान गरिएको थियो ।
एसपी अर्यालले विभिन्न कार्यदेशहरुको सम्पादन प्रभावकारी एवम् उत्कृष्ट ढङ्गबाट गरी सङ्गठनको गरिमा उच्च राख्ने कार्य गरेका छन् ।