राष्ट्रियसभामा २ प्रतिवेदन पेस

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन्।

Advertisement 1

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरीन्। त्यसैगरी सभामा ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन’ पेस भएको छ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रतिवेदन पेस गरेका हुन्।

चलचित्र विधेयक माथिको समितिको प्रतिवेदन पेस गर्दै सभापति दाहालले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रुपमा विकास गर्न, चलचित्रमार्फत् देशलाई पर्यटन गन्तव्यका रूपमा अगाडि बढाउन, चलचित्र प्रदर्शन अघि जाँच गर्ने व्यवस्था तथा प्रवद्र्धन र नियमनका लागि यो कानुन महत्त्वपूर्ण रहेको बताइन्

Advertisement 2

सभाको अर्को बैठक यही माघ १४ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ।

प्रकाशित :२०८२ माघ १३, मंगलवार १६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry