म्याग्दीमा ४ किलोमिटर पदमार्ग निर्माण

default

म्याग्दी। एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत ४.१९ किलोमिटर पदमार्ग निर्माण भएको छ।

Advertisement 1

गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि रु एक करोड ४० लाख बजेट विनियोजन भएकामा रु १ करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका हुन्।

योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर घर्ती क्षेत्रीले जानकारी दिए। “सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन्”, उनले भने, “प्रतिकूल भूगोल, मौसम र अन्य कारणले रु ३० लाख बजेटका ५ वटा योजना कार्यान्वयन भएनन्।” पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ।

Advertisement 2

मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग र धार्मिक स्थल प्रभुचेलामा तीन कोठे आश्रयस्थल भवन निर्माण भएको छ। मालिका–४ मा गौखेरेबाट मतौका चनौटे र वडा नम्बर ३ को लामखोरिया डाडागाउँ जोड्ने पदमार्ग निर्माण भएको छ।

बेनी नगरपालिका–९ मा ढाडापधेरा आरोटा, पाखाथर, ८ को बराहपाखोेमा पदमार्ग र १ को सनातन धार्मिक आश्रम र २ को लभ्लीहिलमा घेराबार निर्माण भएको छ। मङ्गला गाउँपालिका–४ को गम्फाधुरी र धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माण भएको छ।

Advertisement 3

रघुङ्गा गाउँपालिका–३ गलेश्वर देखि बगैचा, ५ र ६ को फुलडाडामा पदमार्ग तथा ३ को गायत्री मन्दिरमा सत्तल निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ झरना, ७ को टिकोटबाट सोबन्ध, १ मारका, ६ चित्रे हुँदै घान्द्रुक देउराली र ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग निर्माण भएको छ।

चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि गण्डकी प्रदेश सरकारबाट २४ वटा योजनाका लागि रु १ करोड ८५ लाख बजेट प्राप्त भएको छ। बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन गरी कार्यान्वयन प्रक्रिया थालिएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए।

प्रकाशित :२०८३ भाद्र ७, आईतवार १६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry