वडा अध्यक्षद्धारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

काठमाडौं। अहिले पछिल्लो समय देशभरका स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीचको टक्राब चर्किँदै जाँदा केहि स्थानिय तहमा हातपातको घटनासमेत बढ्दो देखिन्छ। त्यस्तै पछिल्लो घटना को रुपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ मा यही प्रवृत्ति देखिएको छ, वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्काले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठमाथि कार्यकक्षमै हातपात गरेको पाइएको छ। जो प्रमुख प्रशासकीय अधिकृत भने सोझो र इमान्दार आफ्नो कार्यक्षत्रमा अब्बल रहेका पाइन्छ।

Advertisement 1

जुन घटना यही पुष २८ गते दिउँसो करिब ३ बजे नगरपालिकामै भएको हो। वडाध्यक्ष खड्काले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठमाथि आत्मसम्मानमा ठेस पुग्ने तथा मानमर्दन हुने किसिमको दुव्र्यवहारजन्य व्यवहार गरेका नगरपालिकाका कर्मचारीहरूले बताएका छन्। यस विषयमा आपत्ति जनाउँदै नगरपालिकामा कार्यरत कर्मचारीहरूले मंगलबार नगर प्रमुख जीवन खत्रीसमक्ष संयुक्त विज्ञप्ति बुझाएका छन्। हाल घटनाबारे पालिकामा छलफल भइरहेको पालिकाका एक कर्मचारी बताउछन्। प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पनि आफ्नै कार्यकक्षमा आएर वडाध्यक्षले हातपात गरेको गुनासो गरेका छन्। वडाध्यक्ष खड्का माटो उत्खनन तथा ओसारपसारका लागि अनुमति माग्न आउनुभएको थियो । तर यसले वातावरणमा नकारात्मक असर पर्ने भएकाले हाल पालिकाभर यस्ता गतिविधिका लागि कसैलाई पनि अनुमति नदिइएको जानकारी गराउँदा वडाध्यक्ष आक्रोशित भएको श्रेष्ठ बताउछन्।

श्रेष्ठका अनुसार वडाध्यक्षले ‘यो कुर्सीमा नबस’ भन्दै जबरजस्ती कुर्सीबाट तानेका थिए भने कार्यकक्षमा रहेका कम्प्युटर तथा अन्य सामग्री उठाएर फाल्ने समेत गरेका थिए। वडाध्यक्षको यस्तो व्यवहारले आफ्नो आत्मसम्मानमा गम्भीर चोट पुगेको श्रेष्ठले बताएका छन्। घटनापछि नगरपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू प्रचलित ऐन, कानुन, नियम र निर्देशिकाको परिधिभित्र रही कार्यसम्पादन गर्न बाध्य रहेको उल्लेख गरिएको छ। कर्मचारीले कानुन विपरीत कार्य गरेमा त्यसको कारबाहीका लागि कानुनी व्यवस्था रहेकै अवस्थामा जिम्मेवार जनप्रतिनिधिबाट पटक–पटक हुने दुव्र्यवहारजन्य क्रियाकलापका कारण आफूहरू असुरक्षित महसुस गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement 2

विज्ञप्तिमा पुष २८ गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यस्ता प्रवृत्तिको तत्काल अन्त्य नभए कार्यस्थलमा रही सेवा प्रवाह गर्न नसकिने अवस्था सिर्जना हुने चेतावनी दिइएको छ। साथै, कर्मचारीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न नगरपालिकासँग माग गरिएको छ।

यता वडाध्यक्ष जयन्द्र खड्काले भने नगर सभा तथा कार्यपालिका बैठकबाट निर्णय भएका काम प्रमुख प्रशासकीय अधिकृतले कार्यान्वयन नगरेको आरोप लगाएका छन्। वडावासीका लागि माटो सम्याउने काम गर्न अनुमति माग्दा नमिल्ने भनिएपछि आफूले हात मात्र समातेको र कुटपिट नगरेको उनको दाबी छ। प्रमुख प्रशासकीय अधिकृतसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै केही व्यक्तिले सानो विषयलाई ठूलो बनाएको आरोप पनि उनले लगाए।

Advertisement 3

वडाध्यक्ष खड्काले प्रमुख प्रशासकीय अधिकृतले काम गर्न लगाए पनि भुक्तानी नदिने गरेको आरोप समेत लगाएका छन्। यो पहिलो घटना भने होइन। यसअघि पनि वडाध्यक्ष खड्काले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेलमाथि हातपात गरेको आरोप लागेको थियो। आफ्नै बारीको माटो इँटा भट्टालाई दिन स्वीकृति माग्दा प्रक्रिया नपुगेको भन्दै अनुमति दिन नमिल्ने भनिएपछि उनले आक्रोशमा हातपात गरेको कर्मचारीहरूको भनाइ छ। नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष खड्का अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए। हाल उनी वडाध्यक्षको दोस्रो कार्यकालमा छन्।

 

प्रकाशित :२०८२ माघ १, बिहीबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry