६ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ६ जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २४ गते बिहीवार एक सूचना जारी गर्दै रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको उल्लेख गरिएकोछ।

बढुवा समितिको पुस २३ गते बुधवारको निर्णयअनुसार नेपाल लेखापरीक्षण सेवा, राजपत्रकिंत द्वितीय श्रेणी (उपसचिव) पदका लागि प्रितम बागदास, निषभ शाक्य, इन्द्र बहादुर अधिकारी र लुमविक्रम शाह रहेको छन्। यसैगरी नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूहतर्फ पुष्कर विजुक्षे र मोहन देव भट्टलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख गरिएको छ।

Advertisement 2

हेर्नुहोस् सूची:

प्रकाशित :२०८२ पुष २४, बिहीबार ११:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry