डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक लिमिटेड सम्मानित

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘Excellence in Digital Transactions FY 2081/82′ र’Excellence in Nepalpay QR Transaction FY 2081/82’ बाट सम्मानित भएको छ । आ.व. २०८१/०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो।
Advertisement 1
मिति २०८२ पौष ०८ गते, मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायज्यूले उक्त अवार्ड ग्रहण गरेका थिए।
समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ। विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो।













