सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्र खुला गर्ने, वार्षिक १०.२५% ब्याजदर

सिभिल बैंकले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ६० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने बैंकले जनाएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।
सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । मंसिर २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा सबै इकाई बिक्री नभएमा भने पुस ९ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।  सिभिलले ऋणपत्र निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।
प्रकाशित :२०७८ मंसिर १६, बिहीबार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry