नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी। जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा ९ हजार २३७ मतदाता थपिएका छन्।
Advertisement 1
जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको सङ्ख्या ३ हजार १५३ रहेको छ। राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ६ हजार ८४ जनाले नाम दर्ता गराएका छन्।
यसअघि यहाँ २ लाख ६० हजार ४३२ मतदाता थिए। निर्वाचन कार्यालयले बुलिङटार–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ। यसअघि नवलपुरमा १ सय १३ मतदानस्थल थिए।
प्रकाशित :२०८२ मंसिर १६, मंगलवार १२:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












