३ महिनामा साढे ५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा साढे ५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।
Advertisement 1
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई रु ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो।
गत असोज महिनामा मात्र रु २ खर्ब १ अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।
Advertisement 2
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४ खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो।
पछिल्लो ३ महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ।












