कला र संस्कृतिको विकासमा परिवारको भूमिका

देश र ब्यक्तिको पहिचानको पर्याय बनेको कला र संस्कृतिमा परिवारको साथ र सहयोग हुन जरूरी छ। ब्यक्तिको जुन सुकै पक्षको विकासमा परिवारको साथ र सहयोग अनिवार्य हुन्छ भने कला र संस्कृति यसको अपवाद हुन सक्दैन।

Advertisement 1

राजनीतिक परिवारमा जन्मे हुर्केको वालकमा जसरी राजनीतिको प्रभाव पर्छ र उसले विरासत थाम्ने कोशिस गर्छ त्यसरी नै जुन समुदाय, परिवार र अभिभावकमा कला र संस्कृतिको आदत वा शौख छ त्यो समुदाय वा परिवारमा जन्मे हुर्केको बच्चामा त्यसको अशर अबश्य पर्छ। हामीले हेर्यौ भने हाम्रो तमु(गुरूंग) समुदायमा रोधी बस्ने परम्परा छ। यो समुदायका हरेक सदस्यहरूको निम्ति रोधी नयां र नौलो विषय हैन। यसै कारण यो समुदायका युवा युवतीहरू कला र संस्कृतिको प्रदर्शनमा पारंगत छन्।

पछि पछि आएर अन्य समुदायहरूमा पनि यसको सकारात्मक प्रभाव पर्दै गयो र यो क्षेत्रमा अन्य समुदाय पनि अगाडि बढ्दै आएको पाईन्छ। कला र संस्कृतिले समस्त राष्ट्रको परिचय दिन्छ। हाम्रो वेषभूषा, हाम्रो कला र संस्कृति नै भएन भने हाम्रो चिनारी हराउछ। हामीलाई विश्वमा नेपाली भनेर चिनाउने वस्तुहरू भनेको हाम्रो भाषा, हाम्रो पहिरन, हाम्रो कला र संस्कृति नै हो। यी तत्वहरूको अभावमा हामीले हाम्रो परिचय दिन सक्दैनौ। त्यसैले हाम्रो कला र संस्कृति हाम्रा गहना र हाम्रा परिचय हुन। यी र यस्ता परिचयहरूलाई संरक्षण र विकास गर्न सके मात्र यिनीहरू दीगो रहन्छन्।

Advertisement 2

यिनीहरूको संरक्षण गरेर भोलीको पुस्ता सम्म पुर्याउन परिवार र समाजको प्रेरणात्मक भूमिका हुन जरूरी छ। हाम्रा कला र संस्कृतिमा लोक गीत, लोक दोहोरी, लोक नृत्य समेतको भूमिका महत्वपूर्ण रहेको छ। हाम्रा युवा युवतीहरू संस्कृतिको यो पक्षमा निकै सक्षम छन् तर हाम्रा केही समुदाय र परिवार यी यूवायुवतीलाई यो क्षेत्रमा लगाउन निकै सकारात्मक हुदाहुदै पनि कुनै कुनै समुदाय र परिवारहरू यो क्षेत्रमा त्यति उदार देखिएको पाईदैन। त्यसले गर्दा जुन तवरबाट यो क्षेत्र उन्नत हुनु पर्ने थियो त्यही गतिमा अगाडि बढ्न सकेको समेत पाईदैन।

हामीले बेला बेलामा सुन्ने गर्छौ कि यो क्षेत्रमा नशा लागेका यूवायूवतीहरू परिवारको आखा छलेरै भए पनि यस्तो सांस्कृतिक वातावरणमा आफ्नो उपस्थिति जनाउन पुग्छन्। यो क्षेत्रको संरक्षण र विकासमा समाज र परिवारको वक्र दृष्टि हुदाहुदै पनि सम्वन्धित ब्यक्तिले आफूलाई धरापमा राख्दै यसको संरक्षण र विकास गरीरहेको क्रममा हाल सरकारी र निजी क्षेत्र यसको विकास र संरक्षणमा लागेको पाईन्छ। यस्तो परिस्थिति सृजना भए पनि ब्यक्तिगत रूपमा कलाकारका पारिवारिक सदस्य अझै पनि कलाकारितामा लाग्ने आफ्ना सदस्यहरूलाई यो क्षेत्रमा लागेको देख्न नरूचाउनेको संख्या अझै पनि उल्लेख्य छ। यो क्षेत्रमा लाग्ने कलाकारहरू उपर समाजले शंकाको दृष्टिले हेर्ने हुदा संबन्धित कलाकारका अभिभावक पनि समाजले राख्ने धारणा संग विमती जनाउने आंट गर्दैनन्।

Advertisement 3

यो क्षेत्रमा लाग्ने कलाकारको घरवार दिगो नहुने, सन्तानको बिचल्ली हुने, निवृत्त जीवन त्यति सुरक्षित नहुने, यिनीहरू उपर हेर्ने दृष्टिकोण सन्देहपूर्ण हुने कारणले कलाकारहरू खतराको क्षेत्रमा रहेको पाईन्छ। हुन त पहिला पहिलाको तुलनामा यो क्षेत्र क्रमशः सम्मानजनक अवस्थामा पुगेको छ तर पनि समाज र परिवारहरू यसमा अझै सकारात्मक हुन जरूरी देखिन्छ। आजभोली लोक संस्कृति र लोक कलाका प्रतियोगिताहरू विश्वब्यापी हुदैछन्। नेपालमा पनि पंचायती काल मै लोक दोहोरी प्रतियोगितालाई खेलकूदको रूपमा समावेश गराएर यसका पारखीहरूको मनोवल उचो गराउने प्रयास भएको पाईन्छ। त्यस पछिका दिनहरूमा समेत आयोजना हुने मेला महोत्सवमा लोक दोहोरी प्रतियोगिता सन्चालन गरेर कलाकारहरूलाई अभिप्रेरित गरिदै आएको छ।

झन् केही वर्ष यता त कलाकारहरूले संस्थागत रूपमा संगठित भएर यो क्षेत्रको विकासमा टेवा पुर्याउदै आएका छन्। कलाकारिता रहर र लहडमा गरिने विषय हैन। विशेष क्षमता नभै यो क्षेत्रमा लाग्न सकिदैन। देश र संस्कृतिलाई विश्वमा चिनाउने काममा कलाकारहरूको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले यस्तो पवित्र र महत्वपूर्ण विधामा कुनै समाज र परिवारले नकारात्मकता लिनु जरूरी हुदैन। विना प्रतिभा यो क्षेत्रमा जान सकिदैन। त्यसैले यो क्षेत्रमा जान र लाग्न सक्षम सन्तान हुनुमा संवन्धित परिवारले आफूलाई गौरव मान्नु पर्ने हुन्छ।

प्रकाशित :२०७८ पुष १५, बिहीबार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry