सर्वाेच्चमा मुद्धा विचराधिन,अर्थमा नियुक्ति पत्र तयार

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको बेथिति दिनप्रदिन बढ्दै गएको छ । दुई बर्ष कार्यकालका लागि नियुक्त सिइओ १४ महिनामै काम छाडेर हिड्ने स्थिति बनेको राष्ट्रिय वीमा कम्पनीमा फेरि अर्काे नियुक्तिको लफडामा परेको छ ।अदालतमा मुद्धा विचराधिन रहेको व्यक्तिलाई लाभको पदमा लैजान खोजिएको भन्दै अहिले  रामशाहपथदेखि अर्थ मन्त्रालयसम्म हलचल मच्चिएको छ ।

Advertisement 1

१४ महिनामै प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएर शेखर बराल हिडेसँगै त्यहाँ कम्पनी लामो समयदेखि सिईओ विहिन अवस्थामा चलिरहेको छ ।यसरी राजीनामा दिएर हिडेका बरालले सम्झौता बमोजिम तलव सुविधा समेत नपाएको चर्चा सुनिन्छ । वरालसँग कम्पनीले सम्झौता गरेको तलव सुविधा अर्थमन्त्रालयले रोकेकोले पुरा तलव समेत नपाएको चर्चा चलिरहँदा सोही कम्पनीको हर्ताकर्ता बनाएर विवाद्स्पद लक्ष्मी प्रसाद श्रेष्ठलाई लैजाने गरी फाइल तयार भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

श्रेष्ठ कर्मचारी सञ्चयकोषबाट रिटायर्ड भएका कर्मचारी हुन । श्रेष्ठ कोषमा हुँदा अनियमिततामा मुछिएसँगै उनी तीन बर्षका लागि निलम्बनमा परेका थिए ।
उनले गरेको बदमासी विरुद्ध अख्तियारले विशेषमा मुद्धा दायर गरेको भए पनि विशेषबाट चोख्याइएका थिए । विशेषको फैसला चित्त नबुझेर अख्तियार सर्वाेच्च अदालत पुगेको छ ।
साविकको देव विकास बैंकको सञ्चालकमा श्रेष्ठले काम गरिसकेका छन् । उनी सञ्चालक हुँदा देव विकास बैंकको घोटला प्रकरण सतहमा आएको थियो । उनैलाई अहिले राष्ट्रिय वीमा कम्पनीलाई लैजाने गरी अर्थले नियुक्तिको पत्र तयार पारिरहेको छ तर हस्ताक्षर हुन बाँकी रहेको अर्थ स्रोतले जनाएको छ ।

Advertisement 2

अर्थका ती अधिकारीले इकर्मचारीसँग भने,’उहाँको बिषयमा अख्तियार,अदालततिर मुद्धा मामिला परेको भन्ने हामीले पनि सुनेका हौं । हामीले पनि विभिन्न निकायबाट पृष्टि गर्न खोज्दै छौं । सरकारी स्वामित्वको निकायहरुमा विवादरहित मान्छे नियुक्ति गर्दछौं ।’

प्रकाशित :२०८० पुष २५, बुधबार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry