’जेनजी’ प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

काठमाडौं। सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले ’जेनजी’ प्रदर्शनका क्रममा सहिद भएका योगेन्द्र न्यौपाने(रोशन)को सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरेको छ।

Advertisement 1

उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेल मैदानमा आयोजित प्रतियोगिताको पालिका प्रमुख शङ्करराज बराल र ज्वालाप्रसाद न्यौपानेले निर्णायक(रेफ्रि)लाई बल हस्तान्तरण गरी संयुक्त रूपमा उद्घाटन गरे।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवद्र्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी भएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै निधन भएको थियो। रोशन च्याकुटारबेँसीका बासिन्दा थीए।

Advertisement 2

प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका १/१ तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका २÷२ गरी १० टोलीको सहभागिता रहेको गोलन्जोरका उपाध्यक्ष न्यौपानेले जानकारी दिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ७५ हजार ५० हजार र ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नारा दिइएको उक्त प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगिता उद्घाटन कार्यक्रममा उहाँका पिता युवराज न्यौपाने (उमेश) र परिवारका सदस्य उपस्थित थीए।

प्रकाशित :२०८२ कार्तिक २, आईतवार १५:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry