थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला। नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा १ महिनादेखि बेपत्ता भएका छन्। उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएका र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन्।

Advertisement 1

चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर १ वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए। उनका्े अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए।

भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएका थुक्तेनका बुबा टैछिरिङले बताए। बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन्। बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन्। थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए।

प्रकाशित :२०८२ आश्विन २९, बुधबार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry