नेपाल एसबिआई बैंक लि. द्वारा “Navigating FATF Evaluation – Best Practices” गोष्ठीको आयोजना

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड (NSBL) ले “Navigating FATF Evaluation – Best Practices” विषयक एक विचार यहि आश्विन २३ गते शुक्रबार गोष्ठीको आयोजना गरेको थियो। कार्यक्रमले नेपालको FATF मूल्याङ्कनको तयारीका क्रममा गरिने AML-CFT उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास, तथा संस्थागततालाई जोड दिएको थियो।
Advertisement 1
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक श्री गजेन्द्र कुमार ठाकुर, विभिन्न सरकारी तथा कानुन कार्यान्वयन निकायका वरिष्ठ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अधिकारीहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य सम्बन्धित संस्थाका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा डेपुटि गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले गोष्ठीको महत्व तथा नेपालको FATF मूल्याङ्कनका सम्बन्धमा चर्चा गर्नुका साथै बैंक तथा बित्तीय संस्थाले खेल्नुपर्ने भुमिकाका बारेमा प्रकाश पारेका थिए।
उक्त कार्यक्रमको सहजीकरण भारतीय स्टेट बैंकका पूर्व अधिकारी तथा AML–CFT एवं अनुपालन विज्ञ श्री रामकृष्ण सुसारलाले गरेका थिए। कार्यक्रममा उनले नेपालका वित्तीय क्षेत्रका लागि उपयोगी अन्तर्राष्ट्रिय अभ्यास र दृष्टिकोणहरू बारे प्रकाश पारेकाथिए।
Advertisement 2
सो कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा, सरोकारवालाहरू बीच आपसी समन्वयलाई जोड दिदै विश्वव्यापी अनुपालन मापदण्डहरूको पालना मार्फत नेपालको AML–CFT वित्तीय क्षेत्रमा एक नया अभ्यास हो।