४ सहसचिव सहित ७ जना कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। ४ जना सहसचिव र ३ जना उपसचिव गरि ७ कर्मचारीको सरुवा गरिएको छ। गृह मन्त्रालयले आइतबार सहसचिव प्रकाश पौडेल, डा. डिजन भट्टराई, खडानन्द अधिकारी र सुमन घिमिरेको सरुवा तथा पदस्थापन गरेको हो।
Advertisement 1
जसमध्ये प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरिएको छ भने डा. भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारी, अधिकारीलाई जाजरकोट र घिमिरेलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट मन्त्रालयमा सरुवा गरिएको छ।
यसैगरी, जाजरकोट र बैतडीका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल र कृष्ण थापालाई क्रमशः इलाम र पर्साको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
सुचि:














