लगातार ३ दिन सार्वजनिक बिदा

नेपाल सरकारकारले चैत्र ३ र ४ गतेका लागि सार्बजनिक बिदा दिने भएको छ । फाल्गुण शुक्लपक्ष पूर्णिमाका दिन मनाइने पर्व फागुपूर्णिमाको अवसरमा संघीय सरकारले सार्बजनिक बिदा दिएको छ ।

Advertisement 1

प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा चैत्र ३ र तराई भेगमा ४ गते भव्यताका साथ मनाइँदैछ । सरकारले पनि ३ गते पहाडी क्षेत्रमा र ४ गते तराईमा सार्बजनिक बिदा दिएको हो । र संयोगबश ५ गते शनिबार परेको छ। त्यसैले ३ दिन बिदा हो।

रङको चाड ‘फागुपूर्णिमा’ किन मनाइन्छ?वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् ।नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् हरिराम जोशी बताउँछन ।

Advertisement 2

 

प्रकाशित :२०७८ चैत्र ३, बिहीबार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry